काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध र धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेको ले पुष्टि गरेका छन् ।
पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ ।
बाराका ६० वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
