काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
आज (मंगलबार) बिहान ११ बजेका लागि तय भएको बैठक केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो।
असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौंपटक स्थगित गर्दै १३ साउनसम्म धकेलिएको थियो ।
शुक्रबार दुई अध्यक्षबीच संवाद भए पनि सहमति जुट्न सकेको थिएन । ओली सहमतिमा नआएको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहले बहुमतबाट भए पनि निर्णय गरेर जानुपर्ने बताएपछि मतभेद चुलिएको थियो ।
