प्रवीण कुमार मोक्तान
“यो सघंर्षमय ससांरमा सघंर्ष गर्नु पाप होइन, बस ! सघंर्षै सघंर्ष “, यो भनाई रामेछाप जिल्लाका राजनीतिक व्यतिmत्व डिक बहादुर तामाङको हो । वहाँले आफ्नो जीवनकालमा समाज परिवर्तन र सामाजिक न्यायको लागि थुप्रै सघंर्षहरु गर्दागर्दै धेरै पटक जेलनेल घरबारबिहिन र आफ्नो सम्पूर्ण परिवारमाथि नै धरपकड, वारेन्ट, मृत्युदण्ड समेत जारी भएको पिडादायक अवस्थाको सामना गर्नुपरेको थियो । यसै आधारमा वहाँलाई जिउँदो सहिद पनि भनिन्छ । वहाँको जीवनकाललाई फर्केर हेर्दा वास्तवमा वहाँले गरेका सामाजिक न्याय र दण्डहिनताको अन्त्यका लागि र समाजमा आमूल परिवर्तनको निमित्त पञ्चायति शासक विरुद्ध लाग्दा धेरै पटक जेल जानुप¥यो । २०३६ सालपछि २०३७ सालमा देशमा बहुदल र निर्दलको लागि जनमत संग्रद हुँदा वहाँले बहुदलको पक्षमा धेरै ठाउँमा प्र्रचार पप्लेटिङ गर्दै रामेछाप जिल्लाको साबिक सबै गा वि स हरुमा पुग्नुभएको थियो । वहाँसग त्यसबेला धेरै ठाउँमा पञ्चायति शासकहरुले अबरोध, मुकाबिला, मुठभेड आदी समेत गरेका थिए । यसै क्रममा निर्वाचनपछि धाँदलीपूर्वक बहुदल पक्षधरलाई हराइएको थियो । अन्ततः २०३७ को जनमत संग्रहपछि वहाँ र वहाँको सम्पूर्ण परिवारको जीवन झन कष्टकर बन्दै गयो ।
पञ्चायत विरुद्ध र बहुदलको पक्षधर भए बापत तत्कालीन शासकले वहाँको सम्पूर्ण परिवारमाथि नै धरपकड तथा वारेन्ट जारी गरेको थियो । जनमत संग्रहमा बहुदल पक्षधर भइ नेतृत्व गरेबापत वहाँ र वहाँको भतिज शखंर लामालाई अराष्ट्रिय तत्वको अभियोग लगाइ २०३८ साल असार २ गतेबाट २०३८ साल फागुन १५ गतेसम्म रामेछाप जिल्ला कारागारमा कठोर यातना सहित थुनामा राखियो ।
पुनः निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज उठाइरहने क्रममा २०४० साल साउन १ गतेबाट २०४० कात्तिक १५ गतेसम्म रामेछाप कारागारमा राखिएको थियो । जेलनेलको बावजुत पनि वहाँले पञ्चायती व्यवस्था विरुद्ध लागि परिरहनु भयो । यसै क्रममा २०४६ सालको रामेछाप जिल्ला लगायत अन्य क्षेत्रमा वहाँको सक्रिय भुमिका रहेको थियो । आफूलाई लागेको झुटो मुद्दाको तारिकमा नै पनि वहाँले आफ्नो राजनीतिक गतिविधि अगाडी बढाइरहनु भयो । २०४६ सालमा बहुदल घोषणा भएसगैँ उहाँ थुनामुक्त हुनुभएको थियो । त्यसपछि रामेछाप जिल्लामा नेपाली कांग्रेसको जिल्ला कार्य समिति गठनको लागि केन्द्रबाट खटि आउनु भएका नेता भीम बहादुर तामाङ र तारानाथ रानाभाटको सक्रियतामा वहाँलाई नेपाली कांग्रेसको रामेछाप जिल्ला उप सभापति पदको जिम्मेवारी दिइएको थियो ।
राजनीतिक गतिबिधि अगाडी बढाउँदै जादाँ उहाँ २०४९ सालमा तत्कालीन दोरम्बा गा बि स मा अध्यक्ष निर्वाचित हुनुभयो । डिक बहादुर तामाङ आफूले गरेका लोकप्रिय कार्यक्रमहरुका कारण झन चर्चामा रहिरहनु भयो । २०५२ सालबाट तत्कालीन माओबादीले सशस्त्र जनयुद्ध सुरु गर्दाको समयमा उहाँ लोकप्रिय राजनीतिक व्यतिmत्वको रुपमा गाँउमै रमाइरहनु भएको थियो । जीवनका अनेक उतारचढावहरु पर गर्दै अगाडी बढिरहेका डिक बहादुर तामाङले जनयुद्धको समयमा समेत अनेक दुःख कष्ट र सास्ती भोग्न विवश हुनुप¥यो । तत्कालीन माओबादी पक्षबाट २०६० साल असोज २ गते उहाँको घर र जायजेथा कब्जा गरी सार्वजनिक रुपमै मृत्युदण्डको घोषणा गरेको थियो । यो समाचार २०६० साल मसिंर ८ को कान्तिपुर दैनिक साथै २००७ नोभेम्बर ७ को दि काठमाण्डौ पोष्टले प्रकाशित गरेको थियो । आफ्नो गाँउमा बस्नै नसक्ने परिस्थितिको बावजुत अत्यन्तै कष्टकर जीवन बिताउँदै उहाँको सपरिवार काठमाण्डौमा बस्न विवश भयो । डिक बहादुर तामाङको जीवनमा जे जस्ता कठिनाइ र कहालीलाग्दा क्षणहरु आए तापनि राज्य पक्षबाट उहाँलाई कुनै सहयोग थिएन । सशस्त्र जनयुद्धको समयमा माओवादी पक्षबाट उहाँ र उहाँका आफन्तहरुले धेरै क्षेति बेहोर्नु परेको थियो ।
- २०५९ साल श्रावणमा उहाँको भतिज सानो डिक बहादुर तामाङको अपहरण पश्चात निर्मम हत्या भएको
- २०६० साल भदौ १६ गते उहाँकी छोरी रेलिमाया तामाङको अपहरण पश्चात निर्मम हत्या भएको
- २०६२ सालमा आफ्नै घरमा भतिज बिक्रम लामाको विभत्स हत्या गरिएको
यसरी डिक बहादुर तामाङले द्वन्द्व कालमा अकल्पनीय र अपूरणीय क्षति बेहोर्नु परेको थियो । नेपालमा विकसित राजनीतिक घटनाक्रमसगैँ दोस्रो जनआन्दोलन पछिबाट उहाँ आफ्नै गाँउमा फर्कि कृषि कर्ममा लाग्नुभएको छ । राजनीतिक चेतनाले भरिएका तामाङ अहिले पनि गाँउलेहरु सगँ दुःख सुख बाँड्दै आफ्नो जीवनयात्रा अगाडी बढाइ रहनु भएको देखिन्छ ।
निकै कष्टकर जीवन सघंर्ष र अनेकौँ राजनीतिक आरोह अवरोह पार गरेका जिउँदो सहिद पनि भनेर चिनिने डिक बहादुर तामाङको उच्च मूल्याङ्कन गर्दै नेपाली कांग्रेसले ज्येष्ठ नागरिक सभा केन्द्रीय विभागको सदस्यमा मनोनित गरेकोमा उहाँ पार्टीले आफ्नो मूल्याङ्कन गरेको ठान्नुहुन्छ । एउटा जिउँदो इतिहास बोकेर उभिनुभएका डिक बहादुर तामाङलाई हार्दिक बधाइ सहित सफल कार्यकालको सुभकामना ।
