प्रचार प्रसार हुन नसक्दा अमरगढी भित्रका झरना ओझेलमा

डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगरपालिका भित्रकै झरना ओझेलमा परेका छन । प्रचार प्रसार हुन नसक्दा जिल्ला सदरमुकाम छेउमै रहेका झरना ओझेलमा परेका हुन ।
अमरगढी नगरपालीका–९ छहडे (छणे) खोलामा तीन वटा झरना छन् । उक्त झरनामा करिब ५० मिटर उचाईबाट पानी खसिरहन्छन्  ।

जिल्ला सदरमुकामबाट करिब छ किलोमिटरको दुरीमा यि झरना छन् । डडेल्धुरा–बैतडी महाकाली राजमार्गको उग्रतारा मन्दिर जाने मुलद्धार डकलेबाट यहाँ म्म मोटर बाटो छ । करिब डेढ किलोमिटर मात्रै कच्चि सडक बाटो छ ।
डकले–सल्लाघारी जोड्ने सडकको निदाल गाउँ, चमालेक गाउँको छेउ भएर बग्ने खोलामा झरना छन् । एउटा ठुलो झरना सडक भन्दामाथि छ भने दुई वटा झरना सडक तल छन् ।

झरनासम्म सडकबाट करिब १५ मिटर पैदल हिड्दा पुगिन्छ । जिल्ला सदरमुकामबाट पैदल बाटो भएर जाने हो भने पनि झरनासम्म पुग्न करिब एक घण्टाको समय लाग्छ । किनमडे, बकिन्ने, हतर्क हुदै झरनासम्म पुगिन्छ । तर अहिलेसम्म स्थानिय सरकार लगायत कुनै पनि सरोकारवाला निकायको ध्यान जान नसक्दा पर्यटकिय सम्भावना बोकेका झरना ओझेलमा छन ।

यि झरनाको संरक्षण र प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने स्थानियवासीको भनाई छ । सुगमस्थान एवं प्रचुर सम्भावना भए पनि झरना आझेलमा परेका छन । पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीय रूपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

झरनाको प्रचार–प्रसार र सहजताका लागि बाटोघाटोको बनाउन सकिएको छैन । झर्नासम्म जाने बाटो व्यवस्थित रुपमा निर्माण गर्न सके पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको छ । झरनासम्म पुग्ने बाटो, बर्षा हुदा ओत बस्ने ठाउँ, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना निर्माणका लागि अहिलेसम्म कुनै पहल भएको छैन ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको