डम्बर निदाल
डडेल्धुरा – घरवाट खोलामा नुहाउन गएका डडेल्धुरा गन्यापधुरा —२ मेलमुडाका ४८ बर्षिय मान बहादुर बोहरालाई खोलाले बगाउदा ज्यान गएको छ । नुहाउन गएका बोहरा सोमवार दिउँसो रडुवा खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
नुहाउन खोलामा गएका उनी १–२ घण्टासम्म नर्फिएपछि खोज्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
