काठमाडौं – आज देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । आज देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेकोले सबै प्रदेशहरुका थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको र गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने जनाइएको छ ।
त्यस्तै आज राति देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
