तेजाब आक्रमणविरुद्ध विद्यार्थी समूहले चाले यस्तो अभियान

काठमाडौं – तेजाब आक्रमणविरुद्ध एकता अभियान (Together Against Acid Attack ) सुरु गरिएको छ । तेजाब आक्रमणको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि भइरहँदा सरकारी पक्षबाट बेवास्ता गरिएको भन्दै केहि विद्यार्थी समूहले सामाजिक सञ्जालबाटै ‘टुगेदर अगेन्स्ट एसिड अट्याक’ नामक फेसबुक समूह बनाई अभियान सुरु गरेका हुन् ।

उक्त अभियानमा सबैले स्वतन्त्ररुपमा सहभागी सकिने आयोजक समितिले बताइएको छ । केही वर्ष यता नेपालमा तेजाब प्रहारका घटनाले बढ्दो रूप लिएको छ। नेपाल प्रहरीका अनुसार नेपालमा हालसम्ममा प्रहरीले २० एसिड आक्रमण रेकर्ड गरेको छ। यी घटनाहरूमा १८ महिला र २ पुरुष पीडित भएका छन्।

‘तेजाब’ औद्योगिक र वैज्ञानिक उद्देश्यमा प्रयोग गरिएको रसायन मात्र नभएर, अरूलाई हानी पुर्‍याउने हतियारमा परिणत भएको यस घोषणापत्रको दाबी हो। तसर्थ तेजाब र यसका आक्रमणहरूबारे जनचेतना जगाउन र नेपाल सरकार र सरकारी अधिकारीहरूलाई जिम्मेवारी र प्रभावकारी ढङ्गले काम गर्न बाध्य बनाउन, अभियानलाई मार्ग निर्देशन गर्ने केही उद्देश्य र सीमितताहरूलाई यस घोषणापत्रले दर्साएको छ।

अभियानका उद्देश्यहरू
– तेजाब जस्ता रसायनहरूको खुला र अनियमित बिक्री र वितरणको लागि कडा नियमन लागू गरिनु पर्छ।

– नेपालको फौजदारी संहिता २०७४को धारा १९३मा उल्लेखित “कसुरदारलाई अधिकतम ८ वर्षको सजायलाई” संशोधन गरी सोही संहिताको धारा ४१ बमोजिमको जन्मकैदको सजाय हुने कसुरमा राखिनु पर्ने।

– तेजाब प्रहारको मुद्दाहरूको लागि अदालतबाट फास्ट ट्र्याक प्रक्रिया अन्तर्गत मुद्दाको किनारा गरिनु पर्ने।
–नेपाल सरकारले पीडितको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने र सबै प्रकारका आवश्यकताहरूलाई पीडित आफू पुरा गर्न सक्ने अवस्थामा नभए सम्म पुरा गर्नुपर्ने।

– यदि कसैलाई तेजाब वा अन्य हानिकारक रसायनिक पदार्थले हमला भएमा “तत्काल प्राथमिक उपचार” प्रदान गर्ने बारे सरकारी तहबाट देशभर कार्यक्रम सञ्चालन गरिनुपर्ने ।

– नेपालको सुरक्षा नीतिमा वृद्धि गर्नुपर्ने

यस अभियानको उद्देश्य पूरा नभएसम्म अभियानको मान्यता कायम रहने जनाएको छ । यो अभियान हानिकारक प्रदर्शन र विरोधमा विश्वास नराख्ने र आउँदो दिनमा कुनै प्रकारको विरोध प्रदर्शनको आवश्यकता देखिएमा, घोषणा पत्रले आश्वासन दिन्छ कि कुनै प्रकारको सम्पत्ति वा जीवनलाई हानी, नोक्सानी पुर्‍याउने काम नगर्ने बताइएको छ ।

यस घोषणापत्रले अभियानको नेतृत्व गर्ने आयोजक समितिको सदस्यहरूको सङ्ख्यामा सीमितता राखेको छैन। आवश्यकता अनुसार समिति विस्तार गर्न सकिने र यस अभियानमा लागि पर्ने सहयोगी सदस्यहरूको सङ्ख्यामा पनि नगरिएको आयोजक समितिले जनाएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको