अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै, डिआइजीसहित पाँच सय ५१ प्रहरीलाई कोरोना

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ । शनिबारसम्म डिआइजीसहित पाँच सय ५१ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अहिलेसम्म देखिएका संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य सबै संक्रमित प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरी डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए ।

संक्रमित हुने प्रहरीमा एक नायब महानिरीक्षक (डिआइजी) पनि छन् । प्रहरी अस्पताल महाराजगन्जमा चिकित्सकका रूपमा कार्यरत डिआइजीमा संक्रमण देखिएको हो । त्यस्तै, स्याङ्जा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङ्जाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ ४० प्रहरी कार्यरत छन् । सामाखुसीस्थित विपत् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ।

सरकारले प्रहरी अस्पताललाई कोभिड– १९ उपचारका लागि लेभल– २ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ अहिले १० वटा आइसियू रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी भए पनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए ।

कारागारमा पनि कोरोना, पाँच कारागारका ४८ जनामा संक्रमण

कारागारमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । शनिबारसम्म पाँच वटा कारागारका ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको छ ।

केन्द्रीय कारागार, सुन्धारासहित क्षेत्रीय कारागार झुम्का, जिल्ला कारागार पर्सा, बाँके र सिराहामा रहेका कैदीबन्दीमा संक्रमण देखिएको छ । सबैभन्दा धेरै पर्सामा ३२ जनालाई संक्रमण भएको छ । जहाँ एक हजार दुई सय कैदीबन्दी छन् ।

संक्रमण देखिएका पर्सा कारागारका जेलर भने शनिबार डिस्चार्ज भएका छन् । त्यस्तै बाँकेमा सात र सिराहामा चार कैदीबन्दीमा संक्रमण देखिएको छ । शनिबार सुनसरीको झुम्कास्थित कारागारका चार जनामा संक्रमण देखिएको छ ।

शनिबार नै केन्द्रीय कारागारका एक कैदीमा पनि संक्रमण देखिएको हो । उनलाई हालै उपचारका लागि सिन्धुलीबाट ल्याइएको थियो । ‘केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने, ‘उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ ।’

उनी ७१ वर्षका छन् । ‘कैदीबन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले भने, ‘उनलाई आइसोलेसनमा राखेका थियौँ, उनको अन्य कैदीबन्दी, स्वास्थ्यकर्मी र कर्मचारीसँग सम्पर्क भएको छैन ।’

संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारमा भेटघाट बन्द गरिएको छ । तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोख्रेलको भनाइ छ । ‘पर्सामा अदालत र अस्पताल लगिएका कैदीबन्दीमा संक्रमण देखिएको हो,’ उनले भने, ‘यसरी बाहिर लगिएकाहरूलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौँ ।’

नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ । संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको छ ।

अहिले देशभरका जेलमा करिब २३ हजार कैदीबन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू हुन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नुपरेकाले संक्रमण फैलने जोखिम बढेको हो । नयाँ पत्रिका दैनिकबाट

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको