नवलपरासी पश्चिममा बोलेरो जिपसहित अवैध मालसामान बरामद 

रबिन्द्र यादव

नवलपरासी पश्चिम – जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १२ लाख ५६ हजार ४ सय २० रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजुले जानकारी दिए ।

प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलिले सरावल गाउपालिका वडा नम्बर १ सरावल चोकबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार ९ सय मुल्य बराबरको २७ बोरामा अबैध युरिया मल बोकेको ग २ च ५००९ नम्बरको बोलेरो जिप अन्दाजी १० लाख मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गरि शनिबार नै नेपालबाट भारत तर्फ अबैध रूपमा भन्सार छ्ली लैजादै गरेको प्रतापपुर गाउपालिका वडा नम्बर ५ भैरवपुरबाट अन्दाजी २५ हजार ६ सय मुल्य बराबरको १६ बोरामा ४ सय किलो हरियो केराउ साथै सरावल गाउपालिका ७ बुलन्दपुरबाट अन्दाजी २ लाख १० हजार मुल्य बराबरको ६० बोरामा ३ हजार किलो हरियो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १ हजार ९ सय २० मुल्य बराबरको ४० किलो चिनी बर्दघाट नगरपालिका ९ भुताहा स्थित उक्त मालसमान साइकलमा राखी लैजादै र ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि सामान फालि मानिस साइकल सहित भागेका थिए ।

बरामद भएका सबै सामान र बोलेरो जिपलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको