काठमाडौं – मरेका कुखुराको मासु विक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको भन्दै सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
