रामेछाप -रामेछापका सुरक्षाकर्मी फेसशिल्ड लगाएर डिउटीमा खटेका छन् । काेभिड १९ काे संक्रमणबाट जाेगिनका लागि अाजदेखि डिउटीमा फेसशिल्ड लगाएर खटिएका हुन् ।
पछिल्लो समय सुरक्षाकर्मीमा काेभिड १९ काे संक्रमण बढ्दै गएकाले नागरिककाे सुरक्षार्थ खटिने सुरक्षाकर्मीकाे सुरक्षाका निम्ति फेससिलकाे व्यवस्था गरिएकाे जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयाे । पाठकका अनुसार भाद्र १ गतेदेखि वाग्मती प्रदेशका सबै जिल्लाहरुमा सुरक्षाकर्मीकाे सुरक्षाका लागि फेसशिल्ड अनिवार्य गरिएकाे छ ।
काेराेना संक्रमणकाे जाेखिम माेलेर नागरिकको शान्ति सुरक्षालाइ केन्द्रमा राखेर उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै काम गरिरहेकाे पाठकले बताउनु भयाे । त्यसैगरि जिल्लामा हालसम्म कुनैपनि सुरक्षाकर्मीमा काेराेना संक्रमण नभएकाे जानकारि दिदै पाठकले स्वास्थ्य सुरक्षाकाे लागि उच्च सतर्कता अपनाएर काम गरेकाे हुदा संक्रमण हुनबाट जाेगिएकाे बताउनु भयाे ।
