काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।
प्रहरी महानिरीक्षककाे बिहीबारको निर्णय अनुसार भदौ महिनादेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने गरी ४९ एसपीको सरूवा भएको हो।
महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीलाई स्याङजाको प्रमुखको जिम्मेवारी दिएको छ। उनको स्थानमा बागमती ट्राफिक प्रदेशका एसपी प्रकाश रानाभाटलाई सरूवा गरिएको छ।

