डम्बर निदाल
डडेल्धुरा -नेपाली कांग्रेस डडेल्धुरा सेवादलले किरियापुत्रीलाई सहयोग गरेको छ । अमरगढी नगरपालिका–१० बिजोडा गाउँका एक किरियापुत्रि परिवारलाई सहयोग गरेको हो । अमरगढी नगरपालिका–१० बिजोडा गाउँका एक युवाको २८ बर्षको उमेर निधन भएको थियो ।
स्थानिय युवा मोहन बिष्टको घाटीको क्यान्सरबाट मृत्यु भएको थियो । विपन्न परिवारका बिष्ट परिवारलाई कांग्रेसको सेवादलले पाँच हजार एक सय रुपैयासंगै चामल उपलब्ध गराई सहयोग गरेको हो ।
शुक्रबार बिजोडा गाउँमा पुगी सेवादलका पदाधीकारीहरुले स्वं बिष्टका बुवा रतन र किरियापुत्री उनको आमालाई ५० किलो चामल र नगद सहयोग गरेको कांग्रेस डडेल्धुराका कार्यवहाक सभापती करुणाकर भट्टले बताए ।
सहयोगका लागी गाउँ पुगेका कार्यवहाक सभापती भट्ट लगायत एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो सेवादलका संयोजक टंकबहादुर क्षेत्री, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य कमला बिष्ट, जोगराज ऐर, सन्तोष देउवा, दलित संघ केन्द्रीय सदस्य भरत नेपाली, नेवि संघ सदस्य आसा जोशी, रमेश माली, साँस्कृतिक संघ अध्यक्ष प्रकाश जैरु, अनपा–१० वडा सदस्य प्रेम बिष्ट, अनपा–११ वडा सभापति लोकेन्द्र खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
