डम्बर निदाल
डडेल्धुरा – बिश्व ब्यापी माहामारीका रुपमा फैलिरहेको कोरोना भाईरसका कारण रोजगारी गुमाई भारतबाट फर्केका युवाहरु सामुहिक रुपमा पशुपालन गर्न थालेका छन । गाउँमै रोजगारी सिर्जना गर्न युवाहरु सामुहिक पशुपालन गर्न तयार भएका हुन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलका सात जना युवाहरु पशुपालन गर्न लागेका हुन । अहिले उनीहरुले व्यवसायिक रुपमा कुखुरा पालन गर्न खोरहरु बनाई रहेका छन ।
एक एक हजार कुखरा अटाउने दुई वटा खोर उनिहरुले निर्माण गरेका छन । स्थानिय जातका र अण्डा दिने जातका कुखुरा पालन गर्ने उनीहरुको योजना छ । कुखुरासंगै बंगुर र भैँसि पालन गर्ने योजना रहेको स्थानिय मिन बहादुर देउवाले बताए ।
भारत बाट फर्केका र घरमै बेरोजगार रहेका युवाहरु मिली सामुहिक रुपमा कुखुरा, बंगुर र भैँसी पालन गर्न खोरहरु निर्माण गरिरहेको उनले बताए । गाउँमै व्यवसायिक रुपमा पशुपालन गर्ने योजना बनाई काम सुरु गरेको अर्का स्थानिय नरेन्द्र देउवाले बताए ।
लामो समय भारतमा काम गरे । कोरोना भाईरसको संक्रमण फैलिए पछि घर आए । घरमा आएर बेरोजगार बस्नु भन्दा सामुहिक रुपमा मिलेर व्यवसायिक रुपमा पशुपालन गर्न जुटेका छौ । एक जनाले दुई लाख रुपैया लगानी गरी पशुपालन गर्न लागेको उनले बताए । यसमा सबैको साथ, हौसला र सहयोग चाहिएको छ । हेरौ कस्तो हुन्छ ।
कारोना भाईरसको संक्रमणका कारण घर फर्किएका र गाउँमा पनि बेरोजगार बस्नु भन्दा युवाहरु मिलि पशुपालन गर्न जुटेको स्थानिय सुरेन्द्र देउवाले बताए । ग्रामिण क्षेत्रमा रोजगारीका कुनै अवसर छैनन । उनले भने, भारत बाट फर्केका दाजुभाईमा भएको सिप र घरमै पनि भएकाहरुको सिप प्रयोग गरी व्यवसायिक रुपमा पशुपालनमा जुटेका छौ । तरकारी र बाख्रा पालन गर्ने योजना पनि रहेको उनले बताए ।
गन्यापधुरा गाउँपालिकाले दिएको हौसलाले काम गर्न लागेकोे उनले बताए । स्थानिय र सरकारको सहयोगको खाँचो छ । ठुलो मात्रामा कृषि र पशुजन्य उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।
यस कारण स्थानिय सरकार, कृषि ज्ञान केन्द्र लगायत कृषि पशुपालनका क्षेत्रमा काम गर्ने संघ संस्थाको सहयोग र हौसला आवश्यक रहेको युवाहरुको भनाई छ ।
