डडेल्धुराको परशुराम नगरपालिकाको तातोपानीमा बिओपी स्थापना

डम्बर निदाल
डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाको तातोपानीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।  भारतसंग सिमा जोडिएकोे परशुराम नगरपालिका–६ को कुँणा तातोपानीमा मंगलवार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको हो । परशुराम नगरपालिकामा स्थापना भएको सशस्त्र प्रहरीको यो चौथो बिओपी हो ।

सिमा क्षेत्रमा हुने अपराध न्युनिकरणका साथै सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण लगायत सिमा क्षेत्रका स्थानिय बासिन्दाहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यले नेपाल भारतको सिमा क्षेत्रमा बोर्डर आउट पोष्ट (विओपि) स्थापना गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरी शंकर बुढाथोकी र परशुराम नगरपालिका –६ का अध्यक्ष खगेन्द्रबहादुर सिंहले संयुक्त रुपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट उदघाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नं.५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष भट्ट, स्थानीय सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । सोमवार मात्रै भागेश्वर गाउँपालिकाको रुपालीगाडमा पनि बिओपीको स्थापना गरिएको थियो ।
भारत संग सिमा जोडिएको परशुराम नगरपालिकाकाका उक्त सिमा नाकाहरुबाट चोरी तस्करीका घटना बढ्ने गरेकाले बिओपीको स्थापना भएपछि चोरी तस्करी नियन्त्रण हुने आशा गरिएको छ ।

सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण गर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यस अघि डडेल्धुराको भारतीय सिमावर्ती क्षेत्र परशुराम नगरपालिका ५ को परिगाँउ, वडा नं.३ को शिर्षमा र ७ को साँदनीमा बोर्डर आउट पोष्ट (विओपि) यस अघि नै संञ्चालनमा ल्याई सकेको जनाएको छ ।

सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपि) स्थापना भएपछि सिमा क्षेत्रमा हुने चोरी सिकारी घट्नुका साथै सिमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभुती हुने परशुराम नगरपालिका—६का अध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए । सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण, सिमा अपराध, चोरी तस्करी नियन्त्रणलगायतका काम गर्न बिओपी स्थापना गरिएका हुन् ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको