कोलकोतामाथि दिल्ली क्यापिटल्सको जित

काठमाडौँ – इण्डियन्स प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाई १८ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले दिएको २२९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै २१० रन बनाएपछि खेल १८ रनले हारेको हो ।

कोलकोताका लागि नितिश रानाले सर्बाधिक ५८ रन बनाए भने इयोन मोर्गनले ४४ रन बनाए । त्यस्तौ सुभमन गीलले २८ रन बनाए भने राहुल त्रिपाठीले १६ बलमा ३६ रन बनाएका थिए । त्यस्तै आन्द्रे रसेलले १३, सुनिल नारनले ३, कप्तान दिनेश कार्तिकले ६ र पाट कमिन्सले ५ रन बनाए ।

त्यस्तै दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने हर्षल पटेलले २ विकेट लिए । त्यस्तै कागीसो रबाडा, मार्कोस स्टोइनिस र अमित मिश्राले एक-एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।

त्यसैगरी दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ३८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८८ रन बनाएका थिए ।

त्यस्तै पृथ्वी शाले ४१ बलमा ६६ रन बनाएर आउट भए भने शिखर धवनले २६ र रिषव पन्तले १७ बलमा ३८ रन बनाएर आउट भए । त्यस्तै मार्कोस स्टोइनिसले १ रन बनाए भने शिमरन हेटमेयरले अविजित ७ रन बनाए ।

त्यस्तै कोलकोताका बलर आन्द्रे रसेलले २ विकेट लिए भने वरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।

योजितपछि दिल्लीले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने कोलकोताले ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

आज पनि आइपिएलमा दुई खेल हुने छ । आज पहिलो खेल मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच हुने छ भने दोस्रो खेल किंग्स इलेभेन पञ्जाब र चेन्नई सुपरकिंग्सबीच हुने छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको