डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको आलितालमा एक बालक मृत फेला परेका छन् । जिल्लाको आलिताल गाउँंपालिका—६ को सेरी गाउँका बालक मृत फेला परेका हुन् ।
आलिताल गाउँंपालिका—६ सेरी बस्ने राम बहादुर ऐडीका नौ बर्षिय छोरा उमेश ऐडी नाम गरेका बालक शनिवार करिब ११ बजे तिर घरमै पासो लाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
बालकको शव अहिले पोष्टमार्टमका लागी जोगबुडा अस्पतालमा राखिएको र घटना वारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।
