डडेल्धुरा सदरमुकाममा पार्किङ नहुदा सास्ती

डम्बर निदाल
डडेल्धुरा  – ब्यवस्थित पार्किङ नहुँदा डडेल्धुराका सवारीसाधन लगायत सर्बसाधारण लाई सास्ती हुने गरेको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका बागबजारक्षेत्र लगायत बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुदा स्थानियले सास्ती खेप्नु परेको हो ।

सदरमुकाम बागबजारमा रहेकोे बसपार्क सानो भएका कारण सवारी पार्किङ गर्दा ठाउँनै हुदैन भने बजार क्षेत्रमा पार्किङ गर्ने ठाउँ पनि नभएकाले बजारमा जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रु लाई झन समस्या हुने गरेको छ ।
दैनिक सयौ सवारी चल्ने साँघुरो सडकका कारण दुर्घटनाको जोखिम समेत रहेको छ, बजारक्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने,बिभिन्न वाहनामा सवारी पार्किङ गर्ने गरेकाले दैनिक जसो सवारीसाधनहरु जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।


पटक पटक बजार ब्यवस्थापनका लागी सडक चौडा बनाउने भनिए पनि सर्बोच्चको फैसला बमोजिम सडक क्षेत्रका घरजग्गा धनीहरुको मुआब्जा माग लगायतका बिभिन्न विवाद र कारणले सडकको टेण्डर काम रोकीने गरेकाले बजार क्षेत्र व्यवस्थित हुन सकिरहेको छैन ।

ट्राफिक प्रहरी डडेल्धुराले पटक पटक पार्किङ निषेधका बोर्ड लगाउनुका साथै जरिवाना र जनचेतनामूलक सन्देश प्रवाह गर्ने गरिएको भए पनि सडकमा मोटरसाईकल तथा साना गाडीहरु राख्ने बिशेष र व्यवस्थित स्थान नभएकोले एकै छिन भए पनि सडकमा राख्नु पर्नै बाध्यता रहेको सवारीसाधन चालकहरुको भनाई छ ।
राजमार्ग मात्र नभई सदरमुकाम आसपासमा आवागमन गर्ने मुख्य सडकको विषयमा पटकपटक आवाज उठिसक्दा पनि बिभिन्न कारणले बजार क्षेत्र ब्यवस्थित हुन सकेको छैन् ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको