डम्बर निदाल
डडेल्धुरा – बर्षाै देखी जास्तापाताको छानो भएको जिर्ण भवन बाट सेवा सुविधा दिईरहेको डडेल्धुरा अस्पतालको अब भने सुविधा सम्पन्न भवन बन्न थालेको छ । नेपाल सरकारको लगानीमा तिन तले भवनको निर्माण हुन लागेको हो । अस्पतालमा एक सय शैयाको उपचार दिने गरी भवन बन्न लागेको हो ।
संघीय सरकारको मातहतमा रहेको सुदुरपश्चिम प्रदेशको एक मात्र डडेल्धुरा अस्पतालको निर्माणधिन भवनको २०७८ सालमा निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ । अहिले अस्पतालले जस्तापाताको छानामुनी सेवा दिईरहेको छ ।
भवन निर्माण पछि अस्पतालका सेवा सुविधालाई विस्तार गर्ने योजना रहेको अस्पताल विकास समितिले जनाएको छ । भवन निर्माण भए पछि अस्पतालले दिदै आईरहेका सेवा प्रभावकारी रुपमा दिनका लागि सहज हुने जनविश्वास रहेको छ । साथै सेवा सुविधालाई विस्तार गर्न सहज हुने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।
तिन बर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको भवनको लागत मुल्य अभिवृद्धि कर सहित २९ करोड ८७ लाख रुपैयाँ रहेको छ । डडेल्धुरा अस्पतालकै परिसरमा निर्माण भईरहेकोे अस्पतालको भवनको आशिष कुमार के एस जेभी धनगढीले २०७५ सालमा निर्माणको जिम्मेवारी पाएको थियो ।
भवनको ५० प्रतिशत भन्दा बढी निर्माणको काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । करिव २५ बर्ष पहिले निर्माण गरिएको जास्तापाताको छानो भएको भवन हुँदा अस्पतालका सेवा सुविधा सचालन गर्न समस्या भईरहेको छ ।
