डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यका अनुसार केसीको शरीर गल्दै गएपछि प्रतिमिनेट चारदेखि ६ लिटर अक्सिजन दिइएको छ । यस्तै, उनको शरीरमा सुगरको मात्रा घटेको छ । डा. केसीको मुटुको चालमा बेलाबेला गडबडी देखिएको छ ।

डा. केसी अनशन बसेको २४ दिनपछि सरकारले उनीसँग वार्ता गर्न बिहीबार वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले शक्रबार आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सो दिन २ घण्टा आकस्मिक र कोभिडबाहेकका सबै सेवाप्रवाह बहिष्कार गर्ने र सो समयमा पनि डा. केसीका माग पूरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको हो ।

 

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको