काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्सले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । गत साता आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
