काठमाडौं – आईपीएल २०२० को २३ औं खेल आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल बिच शारजाहमा हुदैछ । जारी सिजनमा दिल्लीले पाँच मध्ये चार खेल जितेको छ। अर्कोतर्फ राजस्थानले पाँच मध्ये दुई खेल मात्र जितेको छ। यस्तो अवस्थामा दिल्ली क्यापिटल यो खेलमा आफ्नो फेवरेट खेलाडी बिना मैदानमा ओर्लने सम्भावना देखिएको छ । यसैसँगै लगातार ३ खेल गुमाएको राजस्थान रोयल्सको लागि यो खेलमा राम्रो प्रदर्शन गर्ने दबाब रहनेछ । खेल आज नेपाली समय अनुसार ७:४५ बजे शारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने छ।
राजस्थान रोयल्सका लागि आलराउन्डर बेन स्टोक्स यो खेलमा पनि उपलब्ध हुने छैनन। यद्यपि उनले अर्को खेलमा आफ्नो कमब्याक गर्नेछन। दिल्लीको टीम राजस्थान भन्दा सन्तुलित देखिन्छ। शारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा मौसम पूर्ण रूपमा सफा रहनेछ । शारजाहको मैदान धेरै सानो छ। यस्तो अवस्थामा टस जित्ने टिमले पहिले ब्याटिङ गर्ने तय देखिन्छ ।
