डडेल्धुराका शिक्षकले शुरु गरे चप्पल उद्योग

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा चप्पल उद्योग संचालनमा भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी—५ का रामशरण रोकाले चप्पल उद्योग संचालन गरेका हुन् । उनि डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका थिए । करिव १० बर्ष देखी शिक्षण पेशामा कार्यरत रहेका थिए । शिक्षण पेशा वाटै उनको दैनिकि चलिरहेको थियो ।

तर बिश्वब्यापी महामारी को रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउन घोषणा ग¥यो । डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका उनलाई लकडाउन भएपछि भने दैनिकी चलाउन समस्या हुन थाल्यो । अहिले उनि ३७ वर्षका भए । लकडाउनले विद्यालय बन्द भएपछि उनले के गर्ने भनि विकल्प खोज्न थाले । कोरोनाका कारण बेरोजगार भएको समयमा साथीहरूसँग कुराकानी भयो । साथीहरूको सुझाव र इन्टरनेटको सहायता पछि आफ्नै ठाउँ डडेल्धुरामा चप्पल उद्योग खोल्न तयार भएको बताए ।

करिव ८ लाख लगानी गरेर विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर रामशरणले उद्योग सञ्चालन सुरु गरेको बताए । अहिले उनले डडेल्धुरा सदरमुकामको विद्युत् रोड छेउमै चप्पल उद्योग खोलेका छन् । ‘सफल चप्पल उद्योग’ नाम दिएर उनले उक्त उद्योग संचालन गरेका हुन । घरमै बसेर के गर्नु भनेर साथी सँग सुझाव लिए । सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा पनि देखिएन्,केहि फरक ब्यापार गर्ने सोच बनाई बजारको अध्ययन गरेपछि चप्पल उद्योग सञ्चालन गरेको हुँ उनले भने, सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले कतै पनि चप्पल उद्योग छैन् । सोही अनुसार चप्पल उद्योग खोल्ने सोचका साथ अगाडी बढे । अब ७ पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल माग अनुसार आपूर्ति गर्ने योजना रहेको उनले बताए ।

उद्योग सञ्चालन गर्नमा परिवारका सदस्यको राम्रो साथ मिलेको छ । अहिलेलाई घरकै सदस्यबाट सहयोग पाइरहेका छन् । घरका सदस्यहरु मिलेर काम गरीरहेको उनी बताउँछन् । शुरुमा उद्योग सञ्चालनमा आउँदा घरकै परिवारका सदस्य मिलेर काम गछौँ । अनि उद्योग विस्तार गरेर बेरोजगार युवालाई रोजगारी दिने सोचमा छु उनले भने । अहिले रोजगारी नपाएर धेरै जसो युवाहरु बेरोजगार भएका छन् । उद्योग पूर्णरूपमा सञ्चालनमा आउने बितिकै कम्तिमा ५ जनालाई रोजगारी दिन सकिने उनको भनाइ छ ।

दिनमा पाँच सय जोर चप्पल बेच्न सके दैनिक ५ हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । सस्तो,सुलभ मूल्य हुने हुँदा तराईबाट समेत माग आउँछ कि भन्ने लागेको छ । सबै ठाउँबाट माग आए अर्को मेसिन पनि ल्याउने विचार गरेको उनको भनाई छ ।

स्थानीय तहबाट समेत उद्योग सञ्चालनका लागि हौसला पाइरहेको बताए । उद्योग सञ्चालनका लागि अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले अनुगमन गरेर जानु भयो,स्थानीय उत्पादनलाई प्राथमिकता दिन आफूले पनि सक्दो सहयोग गर्ने बताउनु भएको छ । उहाँले उत्पादनको बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । साथै नगरप्रमुखले सहयोगको प्रतिबद्धता गरे पछि थप हौसला मिलेको उनको भनाई छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको