आइसिसी विश्वकप क्रिकेट २०१९ को उपाधि इंग्ल्यान्डलाई

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार लन्डनमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो।

सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।

इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएपछि रोमाञ्चक सुपर ओभरबाट विश्वविजेतको टुंगो लागेको लगाइयो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे।

न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए।

पहिलो बल बाइड भयो। दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १४ रन जोडे। अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट भए। उनले १ रन मात्र लिँदा सुपर ओभर समेत बराबरी भयो।

जसकारण इंग्ल्यान्ड बढी बाउन्ड्रीको आधारमा च्याम्पियन बन्यो। इंग्ल्यान्डले सुपर ओभरमा २ बाउन्ड्री हान्दा न्युजिल्यान्डले १ बाउन्ड्री प्रहार गर्‍यो।

दुवै टिमको समान स्कोर

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा छक्का प्रहार गरे।

चौथो बल ओभर थ्रो हुँदा ६ रन भएको थियो। पाँचौ बलमा २ रन लिने क्रममा अदिल रसिद रन आउट भएका थिए। अन्तिम बलमा जितका लागि १ रन चाहिएको अवस्थामा २ रन लिने क्रममा मार्क उड रनआउट भए।

रनआउट भएसँगै इंग्ल्यान्ड ५० ओभरमा २४१ रनमा अलआउट भयो।

बेन स्टोक्सले इंग्ल्यान्डका लागि सबैभन्दा बढी स्टोक्सले नटआउट ८४ रन जोडेपनि जितका लागि १ रन पर्याप्त हुन सकेन। उनले ९८ बलमा ५ चौका र २ छक्का हिर्काए।

जोस बटलरले ५९ रनको योगदान दिए। उनले ६० बलमा ६ चौका हिर्काए। ओपनर जासन रोए १७ रन र उनका पार्टनर जोनी बायस्टो ३६ रनमा लकी फर्ग्युसनबाट बोल्ड भए। जोए रुट ३० बलमा ७ रन र कप्तान इयान मोर्गान २२ बलमा ९ रन जोडेर आउट भए।

क्रिस ओएक्स २ रन, लियाम प्लङ्केट १० रन र जोफ्रा आर्चर शून्यमा आउट भए।

बलिङमा न्युजिल्यान्डका जिमी निसम र लकी फर्ग्युसनले ३(३ विकेट लिए। मार्ट हेनरी र ग्रान्ड डेहोमले १(१ विकेट लिए। अन्तिम ओभरमा २ ब्याट्सम्यान रन आउट भए।

त्यसअघि लन्डनस्थित लर्डसमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो।

न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका प्रहार गरे।

ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए। कप्तान केन विलियमसनले ३० रनको योगदान दिए। रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे।

जिमी निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन बटुले। टम लाथम ४७ रन बनाएर आउट भए। उनले ५६ बलमा २ चौका र १ छक्का हिर्काए।

बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३(३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १(१ विकेट हात

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको