डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २५जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका १९ र बैतडीका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६ नमुना परीक्षण भएको अस्पतालले जनाएको छ । जस मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको र बाकि ११ नमुना नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।
मंगलवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका का १७ जना र डडेल्धुराकै नवदुर्गा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी बैतडी जिल्लाको पाटन नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले सार्वजनिक गरेको सुचनामा उल्लेख गरीएको छ ।
