सडक छेउमा प्लाष्टिक भित्र गुजरा गरि रहेकालाई टेण्ड स्थापित गरी सहयोग गरे युवाले

डम्बर निदाल
डडेल्धुरा – सडक किनारमा प्लाष्टिक भित्र गुजरा गरिरहेका अपाङ्गता भएका छोरा र जेष्ठ नागरिक आमालाई डडेल्धुराका एक युवाले टेण्ड लगाई दिएका छन । जिल्लाको भित्रिमधेश जोगबुडा क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको सिमानामा प्लाष्टिक बेरेर जिवन निर्वाह गरिरहेका लाई डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका—५का स्थानिय गणेश थापा मगरले टेण्ट लगाई सहयोग गरेका हुन् । नौ बर्ष पहिले भिर बाट लडेर अपाङ्ग भएका परशुराम नगरपालिका–१ का जय बहादुर बाग लाई उनि बस्ने ठाउँमै पुगि सहयोग गरेका छन् । भिर वाट लडेर अपाङ्ग भए पछि उनको साथी ह्लिचियर बनेको छ ।

उनले बसोवास गर्ने मालतोला गाउँ रंगुन खोला पारि छ । बुडर–जोगबुढा सडक क्षेत्रको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको सिमाना नजिकको क्षेत्रमा यो गाउँ पर्छ । रंगुन खोला तर्न झोलुङ्गे पुल छ । ह्विचियरले साथ दिएका जय लाई घर जान सक्ने सम्भावना निकै कम छ ।
अपांङ्ग भए पछि उनका दाईले उनलाई पालन पोषण गर्न नसक्ने बताए पछि उनि अहिले सडक किनारमा छन । उनि संगै उनको रेखदेख गर्न साथमा ८५ बर्षिया आमा पनि छन ।

परशुराम नगरपालिकाको सिमा आरम्भ हुने स्थानमा पक्कि गेट छ । गेटको छेउमै कालो प्लाष्टिकले बेरेर सानो झुप्रो बनाईएको छ । त्यही झुप्रोमा जय बहादुर र उनकी बृद्धा आमा जशुदेविको वास हुन्थ्यो ।

त्यहि प्लाष्टिकको झुप्रो लाई अमरगढी नगरपालिका–५ खलङ्गाका स्थानिय गणेश थापा मगरको अगुवाईमा टेण्ड लगाईएको छ । उनले केही दिन अघि फेसबुकमा सहयोगका लागी भन्दै पोष्ट गरेका थिए । उनको सहयोगमा सयौ युवा जोडिएका छन । मगरले २४ घण्टा सम्म सहयोगका लागी अपिल गरेका थिए ।

फेसबुक स्टाटसका आधारमा विदेश बाट समेत रकम प्राप्त भए पछि टेण्ड बनाईएको उनले बताए । पहिलो चरणमा २८ हजारको टेण्ड संगै लत्ताकपडा र खाद्यान्न सहयोग गरिएको उनले बताए । साथै दोस्रो चरणको सहयोगका लागी तयारी गरीरहेको उनको भनाई छ ।

अपाङ्गता भएका बागका दाईले पालन पोषण गर्न नसक्ने भन्दै घर बाट निकालेको उनि बताउछन । घर बाट निकाले पछि परशुराम नगरपालिका–१२ को तुलाभाडीमा कोठा भाडमा लिएर बस्न थालेको र कोठा भाडा तिर्ने पैसा नभए पछि आज भोली परशुराम नगरपालिका र आलिताल गाउपालिकाको सिमा क्षेत्र सिस्ने खोलाको डिलमा प्लाष्टिक टाँगेर बसेको उनले बताए । सामाजिक सुरक्षा भत्ताको भरमा उनिहरु बाँचिरहेका छन ।

आमाले जेष्ठ नागरिक र जयले आपाङ्गता वाफतको सामाजिक सुरक्षा भत्ता पाउछन । त्यही भत्ताले साँझ बिहान खानका लागी चाँजोपाँजो मिलाउछन । यस्ता ब्यक्ति लाई सहयोग गर्न पाउदा आफुनिकै खुशि भएको र आगामी दिनमा पनि यस किसिमका सामाजिक क्रियाकलापमा आफनो प्रयास निरन्तर रहने उनले बताए ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको