काठमाडौं – आज उपत्यकाको यसवर्षको जाडो सुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ । आज बिहान काठमाण्डौको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो । हिजो बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिक बद्ली भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १९२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
भने, सोमबार राति प्रदेश नं १ लगायत देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ
