लोक तथा दोहोरी प्रतिष्ठानबाट गायिका पुर्णिमा तामाङ सम्मानित

लोक तथा दोहोरी प्रतिष्ठानबाट चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित भएकि छिन्। चर्चित गायिका पुर्णिमा तामाङ बिक्रम संवत २०५४ साल असोज २९ गते बुवा राम चन्द्र तामाङ्ग र आमा कान्छी माया तामाङ की कान्छी सुपुत्रीको रुपमा धादिङ्ग जिल्ला साविक बैरेनी गा .वि. स. हाल गल्छी गाउँ पालिका वडा नं ७ मा जन्मिएको हो ।

चर्चित गायिका पुर्णिमा तामाङ यतिबेला गित गाउन भ्याई नभ्याई छन भने बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छन । कलिलो उमेरमै चर्चित गायिका बन्न सफल भएका पुर्णिमा तामाङले झन्डै चार सय भन्दा बढी गीत गाईसकेका छन भने पुर्णिमाले गाएका हरेक गीत हरु करोड भ्युज सहित युटुबको टपटेन भित्र रहेका छन ।

पुर्णिमाले गाएका फुल भनौ जिन्दगी लाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ गितहरु दर्शकहरुले अत्याधिक रुचाएका थिए । आफुले गाएका गितहरु चर्चित भए पश्चात गायिका तामाङ्ग हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा दर्शकहरुमाझ आफनो प्रतक्ष प्रस्तुती दिई स्वदेश फर्किसकेका छन भने झन्डै आधा दर्जन भन्दा बढी उतकृष्ट गायिका बिधा बाट अवार्ड चुमिसकेका गायिका दैनिक जसो बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छन ।

यसैगरी राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय काठमान्डौको आज संपन्न २०औ वार्षिक साधारण सभाको अवसर पारी चर्चित गायिका पुर्णिमा तामाङ लाई राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय द्वारा मानार्थ सदस्यताका् प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको थियो । प्रतिष्ठान बाट सम्मानित भए पश्चात गायिका तामाङले अफुमाथी गीतसंगित क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गितसंगित क्षेत्रमा निरन्तर अघि बढिरहने वचन ब्यत्त गर्नु भयो । कार्यक्रम्मा दोहा्री प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेस बि जी र वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्ष हरु र थुप्रै कलाकार हरुको बाकलो उपस्थिती रहेको थियो ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको