रोयल इन्फिल्डको ‘वुमन्स डे राइड’ (फोटोफिचर)

काठमाडौँ – रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता ‘एम भी दुगड’ ग्रुप अन्तर्गतको विवेक अटो मोवाइलस् प्रा. लिले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘‘वुमन्स डे राइड’’ कार्यक्रम आयोजना गरेकोे छ ।

कार्यक्रमको शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले गरे । बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइडले बनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुँदै टेकुको श्री जन उद्धार सेवा समितिमा पुगेको थियो ।

त्यस सेवा समितिमा रहेका बालआश्रममा राशन र पढाई–लेखाइका सामग्रीको सहयोग गरि पहिलो चरण समाप्त गरि दोश्रो चरणको लागि जन उद्धार सेवा समितिदेखि साँगासम्मको यात्रा गरेको रोयल इन्फिल्डका ब्राण्ड म्यानेजर अनुज मल्ल जानकारी दिए ।

३१ ओटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले राइडमा सहभागिता जनाएका थिए । राइडका मुख्य अतिथिमा गिनिज बुक्स अफ वल्र्ड रेकर्ड फर फिमेल जर्नालिस्ट टु समिट माउन्ट एभरेस्ट फ्रम बोथ नर्थ एन्ड साउथ साइड होल्डर कल्पना महर्जन थिइन्। सबैभन्दा बढी उमेर भएकी ६१ वर्षीया पूर्वडीआईजी विमला थापा र सबैभन्दा कम उमेरकी १७ वर्षीया सिताष्मा लामाको पनि राइडमा सहभागिता रहेको थियो ।

बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखि साँगासम्मको ४० किलोमिटरको राइडका लागि वुमन इन्टरनेसनल एसोसिएसनकी प्रेसिडेन्ट सुनिता देशार रोड क्यापटेन थिइन्। यस राइडको रोड मार्सलिङ भने काठमाण्डौ लेजेन्ड्स् टिमले गरेको थियो ।

कार्यक्रममा गाइड दी ब्लाइन्ड र आक्वा पोङजस्ता भाइचारा अनि आपसी मेल बढाउने खेलहरु समावेश गरिएका थिए । गाइड दी ब्लाइन्डका विजेताहरु सिताष्मा लामा, रन्जु सापकोटा, रोशनी भण्डारी, स्मृति भारती र कोपिला मगर भए। आक्वा पोङका विजेताहरु सिताष्मा लामा, रोशनी भण्डारी र स्मृति भारती भए।

अनाथ बालबालिकालाई सेवा गर्दै आएको श्री जनउद्धार सेवा समितिलाई सहयोग एवं त्यस बालआश्रममा रहेका बालबालिकासँग अन्तरक्रिया गर्ने यस राइडको मुख्य उद्देश्य थियो । साथसाथै विभिन्न कार्य तथा पेसामा आबद्ध नारीहरुको सशक्तीकरण पनि यस राइडको मूल उद्देश्य थियो । कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) लाई प्राथमिकता दिनु र महिला सशक्तीकरण र समानतालाई प्रोत्साहन गर्नु यस राइडको मनसाय थियो।

 

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको