एनजिओ र आईएनजिओसँग सहकार्य बढाउँदै बेलका नगरपालिका

उदयपुरको बेलका नगरपालिकामा एनजिओ र आईएनजिओको लगानी बढेको देखिएको छ । कतिपय स्थानीय तहमा एनजिओ र आईएनजिओमाथि कडाइ गरेका बेला बेलका नगरले भने समृद्धिका लागि एनजिओ र आइएनजिओसँग सहकार्य बढाएको देखिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाका विभिन्न क्षेत्रमा एनजिओ र आईएनजिओले २५ करोड रुपैयाँ लगानी गरेका नगरपालिकाले जनाएको छ ।

साउन ३० देखि ३२ गतेसम्म चलेको तीन दिने समीक्षात्मक कार्यक्रममा दिइएको जानकारी अनुसार नगरपालिकाभित्र कृषि, स्वास्थ्य, उत्पादन, सेवालगायतका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले लगानी गरेका छन् । समीक्षा कार्यक्रमको पहिलो दिन अर्थात् साउन ३० गते बेलका नगरपालिकासँग साझेदारी तथा सहयोग गर्ने १९ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेरसरकारी संस्थाले गत आर्थिक वर्षमा नगरभित्र सञ्चालन गरिएका गतिविधि, त्यसको प्रभाव, सफलता, चुनौती र कमजोरीबारे समिक्षा गरिएको थियो । ९ वडा ः ७ करोडको बजेट, १३५ योजना बेलका नगरपालिकाका ९ वडामा १ सय ३५ वटा योजना तथा कार्यक्रम सम्पन्न भएका समीक्षा प्रतिवेदनमा उल्लेख छ जसका लागि ७ करोेड रुपैयाँ विनियोजन गरिएको थियो ।

३२ साउनमा नगरका ९ वडाका योजना तथा कार्यक्रमको प्रस्तुतिका क्रममा दिइएको जानकारी अनुसार वडास्तरबाट विनियोजित रकममध्ये गत आर्थिक वर्षमा ८५ प्रतिशत खर्च भएको देखिएको छ । ९ करोडमा २१ वटा योजना ठेक्का व्यवस्थापन ३२ साउनमा नगरपालिकाका १५ वटा शाखाले उक्त आर्थिक वर्षमा नगरपालिका भरी सञ्चालित कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो । नगर कार्यपालिकाको तर्फबाट पूर्वाधारतर्फ ९ करोड रकममा २१ वटा योजना ठेक्का व्यवस्थापन गरिएको जानकारी गराइयो ।

यस्तै आर्थिक सामाजिक, वातावरणीय र संस्थागत गरी १ सय ५५ भन्दा बढी कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिएको थियो । समीक्षा कार्यक्रमको समापनमा प्रमुख अतिथि बनेर आएका उदयपुर जिल्लाका प्रमख जिल्ला अधिकारी ध्रुवबहादुर थापाले बेलका नगरपालिकाले अनुकरणीय काम गरिरहेको भन्दै प्रशंसा गरे । ‘यसरी विस्तृत रुपमा तीन दिन लगाएर अरु स्थानीय तहले समीक्षा गरेको मेरो जानकारीमा छैन,’ सिडिओ खड्काले भने, ‘बेलका नगरपालिकाले पारदर्शितामा जोड दिएको रहेछ, यसरी नै काम गर्दै जानुहोला ।’ कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, सल्लाहकाहरु, राजनीतिक दलका प्रमुख, संस संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, शाखाका प्रमुखहरु पनि उपस्थित थिए ।

आर्थिक वर्ष २०७५÷०७६ सालमा कुल आम्दानी ५२ करोड २४ लाख ९४ हजार पाँच सय २१ रुपैयाँ भएको र त्यसमा ४७ करोड ९८ लाख १२ हजार सात सय ३८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । यसरी हेर्दा समग्रमा खर्च ९१ दशमलव ८३ प्रतिशत देखिएको छ । खर्च हुन नसकी बाँकी रहेको सञ्चित कोषमा ३ करोड २४ लाख ८१ हजार ७ सय ८२ रुपैयाँ रहेको छ । सशर्त अनुदान १ करोड २० लाख रुपैयाँ फिर्ता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको