काठमाडौँ – नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले ‘बधाई तथा सम्मान’ गरेको छ। सोमबार एक कार्यक्रमको आयोजाना गरि सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश सदस्य, उपत्यका प्रदेश, प्रतिष्ठान समिति, एशोसियट र नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर तथा ललितपुरमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको हो ।

शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्य समितिहरुलाई बधाई तथा सम्मान नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेता एवं पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी,नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियन काठमाडौँका पूर्वध्यक्ष नकुल अर्याललगायतको उपस्थिति रहेको थियो।


