ओलीमाथि प्रचण्डको प्रश्नको वर्षा : तपाईले विश्वासको मत राख्ने नैतिक अधिकार छ र ?

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत यो सदनले नदिने प्रस्ट्याएका छन्।

‘प्रमले विश्वासको मतको निम्ति आग्रह गर्नुभएको छ। प्रमलाई राम्ररी थाहा छ यो सदनले विश्वासको मत दिँदैन,’ प्रचण्डले भने, ‘बुझ्दाबुझ्दै झुटो दाबी गर्नुभएको छ। तपाईँको सरकार गठनदेखि हेर्दाखेरी विश्वासको मत दिने आधार छैन्।’

उनले विश्वासको मत माग्ने नैतिक अधिकार ओलीसँग नरहेको तर्क पनि गरे। ‘तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?,’ उनले प्रश्न गरे, ‘तपाईँ फेरि विघटनको बाटो बनाउनका लागि आउनु भएको त होइन?’

संसद पुनस्थापन भएकै दिन राजीनामा दिएर नयाँ सरकारको गठनको विकल्प दिन उपयुक्त हुन्छ भनेको स्मरण गर्दै प्रचण्डले भन अहिले पनि राजीनामा गरेर नयाँ सरकारको बाटो खुल्ला गरिदिनु संविधानसम्मत हुने बताए।

उनले संविधान बनाउने बेलामा विगतका गल्ती दोहोरिन दिन हुँदैन भनेर संविधानमा प्रावधान राखेको बताए। उनले संसदको अहिलेको अवस्थामा सांसद किनबेचको अवस्था देखिन थालेको समेत जनाउँदै चिन्ता जाहेर गरे।

‘देशमा जुन संकट, लोकतान्तिक प्रणालीमा संकट मुख्य रुपमा कसका कारण आयो? के तपाईँ छातीमा हात राखेर आत्मसमीक्षा गर्न सक्नुहुन्छ?,’ उनले चुनौती दिए, ‘म हो कि तपाईँ हो राष्ट्रिय समस्या?’

आफूले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको जनाउँदै उनले पार्टी भित्र आफूले कहिले अवरोध गरेको बताउन चुनौती दिए। ‘बरु यसका लागि तपाईँ नै जिम्मेवार हो। तपाईँले विकास र समृद्धिको सपना डे वान देखि नै अवरोध गर्नुभयो। पार्टीभित्रको लोकतान्त्रिक छलफललाई कचिगंल भनेर प्रतिनिधिसभा विघटन गरेको हो,’ उनले भने।

 

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको