प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्। उनले भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने बताएका छन्।

प्रधानमन्त्री बालेन नेतृत्वको सरकार गठन भएपछि उनी हालसम्म कुनै पनि विदेश भ्रमणमा गएका छैनन्। भारतको निम्तो स्वीकार भएमा प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुनेछ।

नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, सीमा व्यवस्थापन तथा आपसी हितका विविध विषय भ्रमणका क्रममा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणको सम्भावित मिति र कार्यसूचीबारे भने दुवै सरकारले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको