चिनियाँ ह्याकरहरुले नेपाली बैङ्कहरुबाट ३ करोड बढी पैसा झिकेको नेपाल राष्ट्र बैङ्कको भनाई

चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन् ।

उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १ करोड ७६ लाख रकम शनिबार अपरान्ह झिकेका थिए ।

यस्तै, भारतमा पनि नेपाली बैङ्कको एटीएम कार्ड प्रयोग गरेर १ करोड ६८ लाख झिकेको देखिएको नेपाल राष्ट्र बैङ्कले बताएको छ ।

यद्यपि, भारतमा कसको संलग्नता थियो भन्ने केही खुलाइएको छैन ।

साथै, नेपालकै कुन बैंकको कति रकम झिकियो भनेर पनि अझै यकिन नभएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

उनले भने, ‘भिसाले राष्ट्र बैङ्कलाई दिएको जानकारी अनुसार ह्याकरहरुले नेपाल र भारतबाट गरेर रु ३ करोड ४५ लाख रकम झिकेका छन् । उनीहरुले भारतमा हजार र नेपालमा ७ सयपटक कार्ड प्रयोग गरी एटीएमबाट रकम झिकेका थिए । यद्यपि, यस विषयमा पूर्ण विवरण भने केही दिनमा आउनेछ ।’

आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको