महिनावारी हुँदा म कसरी अपवित्र ?

  • श्रीना नेपाल 

लकडाउनले गर्दा थोरै बानी बिग्रेको छ, उठ्ने बित्तिकै मोबाइल नचलाई चित्त बुझ्दैन। त्यसैले आज पनि फेसबुक खोलेको मात्र के थिए, सबैभन्दा सुरुमै आयो एउटा पोस्ट जस्मा लेखिएको थियो, ‘वि आर प्राउड टु ब्लिड!’ अचानक मेरो दिमागमा मेरा साथीहरुले सुनाएका र मेरो आफ्नो केही अनुभवको याद आयो, पानी खान भन्सामा छिर्दा आमाले गरेको त्यो गाली,  ‘तलाई महिनावारी भएको बेलामा भान्सामा नचिर भनेको होइन ?’, पसलमा स्यानिटरी प्याड किन्दा कागजमा नबेर्नु भन्दा लगाइएको आरोप, ‘किन नानी ? सबैलाई म छुइ भको छु भनेर देखाउन मन छ ?’ यसरी हरेक महिना महिलालाई पाप र घिनको पात्र बनाइन्छ।

महिनावारी नारित्वको प्राकृतिक अलङ्कार हो। तर हाम्रो समाजले हरेक महिना ३–५ दिनसम्म नारीलाई घृणाको पात्र बनाइदिने गरिन्छ जबकी यो समाजको सृष्टि हुनु पछाडिको सबैभन्दा अमुल्य कारण नै महिला हुन्।

हरेक दिन नेपालमा करिब २ लाख ३७ हजार २५० महिलालाई महिनावारी भएरहेको हुन्छ जसमा ८९ प्रतिशत महिलाले कुनै न कुनौ रुपमा प्रतिबन्ध र वर्जित हुन परेको तथ्यांकले बताएको छ। नेपालको संविधान, २०७२ मा धारा ३८ महिलाको हक अन्तर्गत उपधारा २ मा, ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ’ भनेर उल्लेख गरिएको छ ।

यति मात्र नभइ हाम्रो समाजको सबै भन्दा भयानक प्रथा, छाउपडीमा बस्न बाध्य बनाइएमा ३ महिनासम्म कैद वा ३,हजार  जरिवाना तिर्नुपर्ने व्यवस्था भएता पनि कयौं दिदिबहिनीले फानो ज्यान गुमाएको र जोखिममा परेको कथाहरु थुप्रै छ तर अफसोसको कुरा त यो छ कि जति कहानी सुनाए पनि देखे पनि भोगे पनि हरेक महिना फेरि र्को बिरलो कथा सुरु हुन्छ।

छाउपडी त भयो पश्चिम तिरको गाउँको गाथा, टाढा नगइ सहर बजारमा नै हेर्ने हो भने पनि महिनावारी हुँदा भान्सा घरमा निषेध गर्ने, पानी समेत अरुले दिनुपर्ने अवस्था देखिन्छ।

केन्द्रिय तथ्यांक विभागको अनुसार हालसालै पनि महिलाले ज्यालाको मामिलामा भेदभाव सामना गर्नु परेको बताएको छ। नेपाल श्रमिक तथ्यांकका अनुसार महिलाले पुरुषभन्दा ३० प्रतिशत कम पारिश्रमिक आर्जन गर्ने तथ्यांक निकालिएको छ। यति हुँदा हुँदै पनि महिलाले हरेक महिना स्यानिटरी प्याड खरिद गर्दा लकजरी कर तिर्नुपर्छ। मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५, उपदफा ३ बमोजिमको अनुशुचि १ अन्तर्गत, औसधि, चिकित्सा र अन्य स्वास्थ्य सेवाहरुमा उल्लेख गरे अनुसार गर्भनिरोधक कन्डममा कर लगाइदैन जबकि यौन चाहाना हो र महिनावारी बध्यता। यसको मतलब गर्भनिरोधक समानमा कर लगाउनु पर्छ भनेको होइन तर जसरी स्वास्थलाई मध्यनजर गरेर यसबाट कर हटाइयो त्यसरी नै स्यानिटरी प्याड वा अन्य सामानबाट पनि कर हटाउनुपर्छ।

स्यानिटरी प्याड खरिद गर्न सक्ने क्षमता सबैको नहुन सक्छ। त्यसै कारण महिलाहरुले कपडाको प्रयोग गरेको कुरा पनि सुनिरहेका हुन्छौं। कपडाको प्रयोग गर्नु भनेको असुरक्षित उपाय अपनाउनु हो।

त्यही योनीबाट जन्मिएको मानिस चाहिँ यति पवित्र भयो कि त्यही योनीबाट बगेको रगत चाहिँ अपवित्र कसरी ? सबैभन्दा ठूलो समस्या भनेको हाम्रो अपवित्र सोच हो।  सायद यस्तो सोचले महिलाले शारीरिक स्वास्थमा मात्र नभइ मानसिक स्वास्थमा समेत असर गर्दछ।

महिनावारी हुनु प्राकृतिक नियम हो जसमा कसैको पनि इच्छा र प्रभाव हुदैन र प्राकृतिको यो सुन्दर बरदानलाई पाप र घृणाको नाम पनि नदिउँ। त्यसैले आजैदेखि महिनावारीको बारेमा खुलेर कुरा गरौं, वर्षमा एकदिन मात्र होइन, जबसम्म समाजले महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रिया हो भनेर विभेद गर्न छोड्दैन तबसम्म कुरा गरिराखौं। आफ्नो छोराछोरीलाई खुलेर यसको बारेमा सिकाउं। परिवर्तन आफ्नै घरबाट सुरु हुन्छ, आउनुहोस् आजैबाट तपाईं र म आफ्नो घरमा मानिदै आएका कुसंस्कारलाई तिलाञ्जलि दिउ र भनौं ‘वि आर प्राउड टु ब्लिड!’

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको