बालुवाटार जग्गा प्रकरण : अख्तियारले ५८ जनालाई बयानका लागि बोलायो, को- को परे ? [नामसहित]

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो। अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ।

बयानका लागि कामना गुरुङ, मनोजकुमार केडिया, सिपिका खेतान, कल्पना तुलाधरलगायत गरी ५८ जनालाई बोलाइएको हो।

पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलाई ‘भूमाफिया’ नै किटान गरी प्रतिवेदन सार्वजनिक गरेको थियो। सो प्रतिवेदन सार्वजनिक भएपछि ललिता निवासको सरकारी जग्गा अनियमितताका बारे अख्तियारले छानबिन थालेको थियो।

यसअघि पनि अख्तियारले २ पटकसम्म सार्वजनिक सूचना प्रकाशन गरी अनियमिततामा मुछिएकाहरुलाई बयानका लागि बोलाएको थियो। अख्तियारले गत असार ११ र १२ मा सूचना प्रकाशित गर्दै ८९ जनालाई बयानका लागि डाकेको थियो।

असार ११ मा प्रकाशित सूचनामा ‘भू-माफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवारका सदस्यलाई बयानका लागि बोलाइएको थियो। बयानका लागि बोलाइनेमा भाटभटेनी डिमार्टमेन्टल स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङका पुत्र कल्याण गुरुङसहित ८६ जना ‘मोही कायम गरिएकाहरु’ थिए।

सोको एक दिनपछि असार १२ मा अख्तियारले अर्को सूचना निकाल्दै ‘भू-माफिया’ ढकाल र सुवेदीसहित हुपेन्द्रमणि केसीको नामसमेत प्रकाशित गरेको थियो।

‘भ्रष्टाचार निवारण ऐन, २०५९’ दफा ४३ का आधारमा बयानका लागि बोलाइएको हो। बयानका लागि बोलाइएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दाबी गर्दै आएका थिए।

अख्यितारले ५८ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको छ।

यस्तो छ नामावलीः

सिफारिस

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

धेरै पढिएको