‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरलाई

काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि विजेता बनेका छन् किरण गजमेर । टिम प्रमोदबाट फाइनल राउन्डमा प्रवेश गरेका उनले दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उपाधि चुमेका हुन् ।

यस उपाधिसहित गजमेरले गोल्डेन ट्रफी र नगद रु २५ लाख समेत जितेका छन् । चर्चित रियालिटी शो जितेपछि उनले आफूलाई मन पराएर भोट गर्ने देश–विदेशमा रहेका सबै नेपालीहरुलाई धन्यवाद दिएका छन् ।

शनिबार राति सम्पन्न भएको यस संस्करणको फाइनलमा टीम दीपबाट आर्यन तामाङ, टीम तृष्णाबाट ज्वाला राई र टीम राजुबाट तारा श्रीस मगर फाइनलिस्ट बनेका छन् । उनीहरुले भने उपाधि चुम्ने सपना पूरा गर्न सकेनन् ।

उपाधि विजेता गजमेर भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल फर्केका थिए । उनी भुटानी शरणार्थी हुन् र अमेरिका पुनर्वासनमा गएका थिए ।

फाइनल उपाधिका लागि एक सातासम्म एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले भोटिङ गरेका थिए । यसको अघिल्लो संस्करणमा पनि टिम प्रमोदकै प्रतिस्पर्धीले उपाधि चुमेका थिए ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको