‘प्रचण्ड’ले दिए अनसन बस्ने चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनसन बस्ने चेतावनी दिएका छन्।

बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको ‘छठ पर्वको सुभकामना आदान प्रदान कार्यक्रम’ मा बोल्दै प्रचण्डले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन सक्ने बताएका हुन्।

तराई मधेशमा भइरहेका विभिन्न विकासका आयोजनाको नाम लिएर उनले ति आयोजनाको अहिलेसम्म भइरहेको प्रगति सैह्य नहुने बताए। दोस्रोपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको जनकपुर–भिट्टामोड सडकको कार्यप्रगति निकै सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन्। उनले भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो ढिलासुस्ती सैह्य हुँदैन। अहिलेसम्म यहाँ रामकुमार शर्माजीहरु मात्रै आन्दोलनमा हुनुहुन्थ्यो। अब पनि ढिला सुस्ती भयो भने मसमेत अनसन बस्न नपरोस्।’

उनले १६ वर्षसम्म हुलाकी सडकको काम अघि नबढेकोप्रति पनि असन्तुष्टि जनाए। भारतले बनाउन सुरु गरेको यो सडक यस्तै अवस्थामा राखे आफूहरुले नै बनाउने कुरा भारतसँग राखिएको उनले जानकारी दिए।

प्रचण्डले तराई मधेशका जनतासँग आफ्नो गहिरो प्रेम रहेको पनि दोहोर्याए। आफुले संविधान संशोधन गर्न दुई पटकसम्म प्रयास गरेको स्मरण गर्दै उनले काठमाडौं फर्केर प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका लागि छलफल गर्ने आश्वासन पनि दिए।

प्रचण्डले मंसिर १४ गते हुने उपनिर्वाचनमा भ्रष्टाचार विरोधीलाई मत दिन आग्रह पनि गरेका छन्।

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको