फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७६’ शुक्रबारदेखि सुरु भएको छ । । ललितपुरको जावलाखेल खेल मैदानमा भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो। तिहार नजिकिँदै गर्दा भएको यस मेलाले नेपाली फूल प्रवर्द्धनमा मद्दत पुग्ने एसोसिएसनले जनाएको छ।

२०५३ बाट सुरुभएको प्रदर्शनी प्रत्येक बर्ष तिहारको आसपासमा सँचालन गरिदै आएको छ । नेपालीहरुको महत्वपुर्ण पर्व तिहारमा घर आँगन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने गोदाबरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उदश्यका साथ यो मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चल एसासियसन नेपालले जनाएको छ ।

मेलामा व्यवसायिक स्टल ४४ ओटा, सुचनामुलक ४ ओटा र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित ४९ ओटा प्रर्दशनी स्टल रहने कार्यक्रम सँयोजक जे बि तामाङले जानकारी दिए । उनका अनुसार अनुमानित ३५ हजार भन्दा बढिले  प्रदर्शनीमा सहभागीता जनाउने र अनुमानित ५० लाख भन्दा बढिको कारोवार गर्ने लक्ष्य राखिएको पनि बताए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here