फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
आज आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव ले फोटो पत्रकार प्रदीपराज वन्तलाई नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससद्वारा स्थापित ७ हजार ५०० राशिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रदान गर्नुभयो। सोही पुरस्कार अन्तरराष्ट्रिय समाचार शाखाका उपसम्पादक दिलीप शर्मालाई पनि प्रदान गरिएको थियो।

डेढ दशकदेखि राससमा फोटोपत्रकारका रूपमा कार्यरत वन्तले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा फोटोपत्रकारितामार्फत विशिष्ट योगदान दिँदै आउनुभएको छ। उहाँले विगतमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का आधिकारिक फोटो सल्लाहकारका रूपमा कार्य गरिसक्नुभएको छ। हाल उहाँ निर्वाचन आयोग का आधिकारिक फोटोग्राफरका रूपमा कार्यरत हुनुहुन्छ। साथै, राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्षका रूपमा देशभरका फोटोपत्रकारहरूको नेतृत्व गर्दै तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रममा सक्रिय रहँदै आउनुभएको छ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले प्रदान गर्ने ‘रासस पत्रकारिता पुरस्कार’ अङ्ग्रेजी समाचार सहसम्पादक पवित्रा गुरागाईं र वरिष्ठ समाचार सम्पादन सहायक रेश्मा शाक्यलाई प्रदान गरियो। ‘उमाकान्त गीतादेवी चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ स्थानीय समाचारदाता टेकराज पोखरेललाई प्रदान गरिएको थियो।

महासङ्घ रासस शाखाले पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई सम्मान गरेको छ। त्यस्तै, रासस कर्मचारी युनियनले सेवाग्राही शाखाका सहायक प्रशासक मुना भण्डारी र सवारी चालक कुमार दङ्गाललाई पुरस्कृत गरेको छ भने रासस कर्मचारी सङ्घद्वारा प्रदान गरिने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ सिद्धराज भट्ट र गौरी कारञ्जितलाई प्रदान गरिएको छ।
वार्षिकोत्सवका अवसरमा राससले संस्थागत विकास, पेशागत उत्कृष्टता तथा जिम्मेवार पत्रकारितामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको जनाएको छ।

तस्बिर : रत्न श्रेष्ठ, रासस

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको