राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संरक्षणकर्मी तथा फोटोपत्रकार राज अधिकारी र सर्प उद्धारकर्मी तथा समाजसेवी दुर्गा लामिछाने ले सर्प पहिचान, विषालु तथा अविषालु सर्पको फरक, सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचार र सुरक्षित व्यवस्थापनका उपायबारे प्रशिक्षण दिनुभयो।

तालिममा २४७ जना निर्वाचन प्रहरीको सहभागिता रहेको थियो। सहभागीहरूलाई सर्पदंशका घटनामा घाइतेको सुरक्षित उद्धार, समयमै स्वास्थ्य संस्थामा पुर्‍याउने प्रक्रिया तथा अफवाहबाट जोगिने उपायबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर कृष्ण डाङ्गीले यस्ता तालिमको महत्वबारे प्रकाश पार्दै सर्प संरक्षणमा सक्रिय अधिकारी र लामिछानेको कार्यको प्रशंसा गर्नुभयो। उहाँले तराई क्षेत्रमा सर्पदंशका घटना तुलनात्मक रूपमा बढी हुने भएकाले सुरक्षाकर्मीहरू सचेत र सक्षम हुनु अत्यावश्यक रहेको बताउनुभयो।

कार्यक्रमका वक्ताहरूले यस्ता सचेतनामूलक पहलहरूले सर्प र मानवबीचको द्वन्द्व न्यूनिकरण गर्न, सर्पदंशबाट हुने क्षति कम गर्न तथा सर्प संरक्षणमा टेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। विशेषगरी तराई क्षेत्रका स्थानीय तहमा नियमित रूपमा सर्पदंश सचेतना कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिइएको थियो।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको