एजेन्सी – सवैको अनुमानअनुसार भारतको नेपाली सीमावर्ती क्षेत्र उत्तराखण्डको चम्पावतका पवनदीप राजन इण्डियन आइडल बनेका छन् ।हिजो १२ घण्टासम्म चलेको सिजन १२ को फाइनल एपिसोडपछि ६ अन्तिम प्रतिस्पर्धीबीच राजनलाई विजेता घोषणा गरिएको हो ।
राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जितेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।
अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् । उनीहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित भएका थिए।
१२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त छन् ।
सुरुआतदेखि नै परिपक्व गायनका कारण पवनदीप जजहरुको मात्रै होइन देशभर लोकप्रिय भइसकेका थिए । चम्पावतका २५ वर्षीय राजत गायनका साथसाथै सबै प्रकारका बाजाहरु प्नि बजाउने क्षमता राख्छन् । उनको युट्युव च्यालन हेर्दा उनले नेपालमा आएर समेत प्रस्तुति दिएका छन् ।
कोरोना महामारीका कारण इण्डियन आईडलको यो सिजन पूरा १ वर्षको रह्यो । एक वर्षअघि स्वतत्रता दिवसका दिन सुरु भएको थियो ।
यसबीचमा आइडलका प्रतिस्पर्धीहरुसमेत कोरोना संक्रमित भएका थिए । पवनदीप आफैं पनि कोरोनाका कारण दुई सातासम्म आइसोलेसनमा बस्नुपरेको थियो ।
