कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ (हेर्नुहोस् भिडियो)

काठमाडौँ – हिन्दु महिलाको महानपर्व हरितालिका तीज नजिकिएसंगै तीजका गीतहरु दुई तीन महिनादेखि बजारमा आउने क्रम जारी छ ।

तीजमा रातो, हरियो, पहेँलो रङको पहिरन र चुरापोतेमा सजिनुको धार्मिक महत्त्व छ। वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने पर्वका रुपमा पनि तिज पर्वलाई लिने गरिन्छ । विवाह गरेर गएको घरमा आफूले पाएको पीडा र बेदनालाई पोख्ने मुख्य पर्व पनि तीज हो ।

आजभोलि तीजकै नाउँमा भड्काउ गीत थुप्रै बनेका छन्। कुनैकुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका छन्। उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय पनि त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन।

तर सञ्चारकर्मी तथा कलाकार कल्पना रेग्मीको महिलाको पिडा वेदना पोखिएको मौलिक गीत ‘अत्याचार’ सार्वजनिक गरेकी छन् । गीतमा रेग्मीको शब्द तथा संगीत रहेको छ।

रेग्मीको गीतमा माइती जान नपाएको दुःख अनि श्रीमान् र परिवारबाट हेलाँ गरेको प्रसंग छन्। जुन दुर्गम गाउँ समाजमा अझै कायमै छ।

गायिका शर्मिला गुरुङको स्वर रहेको गीतमा माइती घरमा लाड्ली छोरीलाई बिहेपछि श्रीमान पराइ केटीसँग लागेपछि छोराछोरी र आफूलाई हेला गरेको कथा देखाइएको छ । गीतकार स्वयम् कल्पना रेग्मी, संगम भण्डारी, सरोज दाहाल र सुबेक्षा रेग्मीलगायतको अभिनय रहेको छ । गीतलाई सरोज दाहालले निर्देशन गरेका हुन् । गीत रेग्मीकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो 

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको