मंसिर १४ मा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

काठमाडौं : मंसिर १४ गते प्रतिनिधिसभा र  प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

निर्वाचन आयोगले एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचनको तयारी पूरा भएको बताएको छ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ। सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको  फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ।

रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका-६ का वडाध्यक्षको राजीनामा दिएका हुन्। न्वय समितिमा निर्वाचित भएका थिए।

जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-७, लमजुङको सुन्दरबजार नगरपालिका-२, बागलुङको बडीगाड गाउँपालिका-२, प्यूठानको ऐरावती गाउँपालिका-१ र २, सल्यानको कुमाख गाउँपालिका-५ र कञ्चनपुरको पुर्नवास नगरपालिका-३ रहेका छन्।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडामा पाँचथरको फिदिम नगरपालिका-१ र हिलिहाङ गाउँपालिका-७, भोजपुरको पौवादुङमा गाउँपालिका-१, मोरङको धनपालथान गाउँपालिका-२, सुनसरीको धरान उपमहानगरपालिका-७, सङ्खुवासभाको खाँदबारी नगरापालिका-३, खोटाङको साकेला गाउँपालिका-३, सिरहाको कल्याणपुर नगरपालिका-१२, महोत्तरीको बलवा नगरपालिका-२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका-१ र रौतहटको गढिमाई नगरपालिका-२ रहेको छ।

यस्तै बाराको बारागढी गाउँपालिका-१, पर्साको सखुवा प्रसौनी गाउँपालिका-५, रामेछापको उमाकुण्ड गाउँपालिका-५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२, काठमाडौँको दक्षिणकाली नगरपालिका-३, चितवनको भरतपुर महानगरपालिका-१६ र खैरहनी नगरपालिका-४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका-५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६, अर्घाखाँचीको मालारानी गाउँपालिका-३, प्यूठानको प्यूठान नगरपालिका-२, रोल्पाको थवाङ गाउँपालिका-१, दाङको घोराही उपमहानगरपालिका-१६, बाँकेको कोहलपुर नगरपालिका-६ मा पनि उपनिर्वाचन हुँदैछ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका-१, अछामको मेल्लेख गाउँपालिका-५, डोटी आदर्श गाउँपालिका-२, बैतडीको पुर्चौडी नगरपालिका-४, सुर्नया गाउँपालिका-१ र दोगडाकेदार गाउँपालिका-४ तथा कपिलवस्तुको शिवराज नगरपालिका-१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको आयोगले जनाएको छ।

आयोगका अनुसार उपनिर्वाचनका सन्द्यभमा कास्की, भक्तपुर, बागलुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ।

उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ। स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुने छ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन्। नारायण न्यौपाने/अशोक घिमिरे/रासस

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको