नाटक ‘भुसको आगो’

कमला हमाल

काठमाडौं – एक्काइसौं शताब्दीमा आज पनि नेपाली नारीले आफ्नो पढाइ,करियर र विवाहको फैसला आफै लिन सक्दैनन् ।
तर आजभन्दा करिव ६ दशक अघि एक जना शिक्षित नारीले श्रीमानबाट परित्याग गरेको अवस्थामा समेत माइतमा बसेर गरेको संघर्षको कथा हो ‘भुसको आगो’ ! राणाशासनको अन्त्यसँगै प्रजातन्त्रको स्थापनापछि नेपाली नारी वर्गमा पनि आएको चेतनाको उत्कृष्ट विम्व यस नाटकमा प्रस्तुत गरिएको छ । एउटी नारी शिक्षित भइसकेपछि समाज, परिवार तथा आफ्नो भविष्यको आफैंले एउटा कठिन मोडमा लिएको फैसलाको कथा नाटकमा बुनिएको छ ।

नारी संवेदना, माया, आक्रोश र प्रेमले भरिएको नाटकलाई शैली थियटरका कलाकारहरुको जीवन्त अभिनयले अझ प्राण भरिदिएको छ ।गोविन्दबहादुर मल्ल गोठालेले लेख्नुभएको नाटक ‘भुसको आगो’ले अहिलेका नेपाली नारीलाई समेत अझ बढी शसक्त बन्न प्रेरित गरेको छ । पितृसत्तात्मक समाजमा महिलाहरूलाई घरपरिवार र समाजले कसरी हेर्छन् भन्नेत्यसबेलाको समाजलाई नाटकमा प्रस्तुत गरिएको छ । नारी केन्द्रित कथा बस्तुमा आधारित मनो–विश्लेषणात्मक नाटकले नेपालमा प्रजातन्त्र,बहुदलीय व्यवस्था हुँदै गणतान्त्रिक शासन व्यवस्थाको स्थापना पछि पनि पितृसत्तात्मक समाजले जगडेको परिस्थितिमा सुधार नहुँदा अहिले पनि नाटकको सान्दर्भिकता बलियो देखिन्छ । श्रीमान र सासु–ससुराको दुव्र्यवहार पछि माइत फर्किनुपर्दा भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगो झैँ भएकी नारीलाई दर्शाउने यस नाटकले पुरुषका स्वेच्छाचारी वृत्तिको विरोध पनि गरेको छ । यसका साथै नाटकले नारी अस्मिता, स्वाभिमान एवं स्वतन्त्रताको समर्थन र सम्मानको भावलाई प्रस्तुत गरेको छ ।

नाटकको निर्देशन शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले गर्नुभएको छ । निर्देशक बुढाथोकी नाटक भुसको आगो मार्फत नेपाली नारी संवेदनालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सफल हुनुभएको छ । नाटक ‘भुसको आगो’ २००७ को प्रजातन्त्रको स्थापनापछि र राजा महेन्द्रले ‘कु’ गर्नु अगाडिको पृष्ठभूमिमा तयार पारिएको छ ।१ सय ४ वर्षसम्म राणाहरूको जहाँनिया शासन भोगेर भर्खरै जननिर्वा्चित प्रजातान्त्रिक सरकारको अनुभव बटुलिरहेका तत्कालीन नेपाली समाजलाई बुझ्न यो नाटकले सहयोग गर्ने छ । यस्तै नेपाली रंगकर्ममा पुरुष रगंकर्मीको दबदबा रहेको आरोप लागिरहेको बेला महिला रंगकर्मीलाई मात्र प्रस्तुत गरिएको नाटक भुसको आगोको महत्व अझ बढेको छ । यस नाटकमा ६ जना महिला कलाकार सगुन पोखरेल, चाँदनी शाही, सरस्वती अधिकारी,अश्मिता खनाल,सृष्टि आचार्य र निमा पाण्डेको अभिनय रहेको छ ।

नाटक भुसको आगो काठमाडौंको रातोपुलमा भर्खरै सञ्चालनमा ल्याइएको शैली थियटरमा मञ्चन गरिदैछ । मंंसीर १५ देखि ३० सम्म हरेक दिन अपरान्ह ४ः५० बजे नाटक ‘भुसको आगो’ मञ्चन हुने थिएटर व्यवस्थापक भारती रिजालले जानकारी दिनुभयो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको