पुस्तक ‘उस्तै उस्तै मान्छे’ र एल्बम ‘मनको सागर’ विमोचन

स्वर्गिय कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ विमोचन गरिएको छ । सोमबार वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलज्यूको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथिहरु शिक्षक ईश्वरी भण्डारीज्यू, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागेज्यू , साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमीज्यू र चर्चित संगीतकार राजु सिंहज्यूको उपस्थितीमा विमोचन गरिएको हो ।

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित सो समारोहमा स्वर्गिय श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको थियो ।

स्वर्गिय कर्णकुमार श्रेष्ठको जन्म २००० सालमा गढीथुम्का, इलाममा भएको हो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील हुनुहन्थ्यो । करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा व्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गर्नुभएको थियो । अस्वस्थताका कारण २०७५ सालमा निधन हुनुभएका श्रेष्ठको यसअघि नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन् ।

विमोचित एल्बम ‘मनको सागर’मा मनको सागर, पाइला पाइलामा, मेरको थिए, जूनै जूनको, आफ्नै जिन्दगीलाई बोलका गीतहरु संग्रहित छन् । कूल ७ वटा गीतहरु संग्रहित गीत तथा गजलहरुमा गायक गायिकाहरु अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठले स्वर भरेका छन् ।

सिफारिस

हर्क साम्पाङले मानेनन् सभामुखको आदेश

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त...

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका नेपाली सेनाका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयअनुसार...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई थप अविस्मरणीय बनाएका छन्। अल्जेरियाविरुद्धको खेलमा ७६औँ मिनेटमा अर्को गोल गर्दै उनले विश्वकप इतिहासमा पहिलो...

भर्खरै

प्रधान सेनापतिद्वारा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति...

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई...

लियोनल मेस्सीले बनाए अर्को कीर्तिमान

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि...

काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट - काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट...

भूगोलको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा : सांसद नितिमा कार्की

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले स्थानीय...

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने...

धेरै पढिएको