लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर : प्रहरी महानिरीक्षक

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताउनु भएको छ । उहाँले १ र २ नं प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट विहिबार भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै हिंसा र हत्याका घटना रोक्न थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सो क्षेत्रका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अभियन्तासँग समेत भिडियो कन्फ्रेन्समार्फत अन्तर्क्रिया गर्नुभयो । उक्त अभियानमार्फत विभिन्न जिल्लामा सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले सम्बन्ध प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सम्बन्धित कार्यालया प्रमुखलाई आग्रह गर्नुभयो ।

उहाँले ती जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा कामबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिनुभएको थियो । उहाँले महिला सञ्जालको भूमिकालाई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न थप अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको