द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं – द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन् ।

आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झाले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रममा उनीहरूलाई द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड नेपालद्वारा आयोजित नेशनल अवार्ड सेरेमोनी २०२६ मा औपचारिक रूपमा सम्मान गरिएको हो।

उक्त समारोह २०८३ श्रावण ४ गते सोमबार, काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा भएको थियो ।

कार्यक्रममा देशभरका ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड विश्वव्यापी रूपमा मान्यता प्राप्त युवा विकास कार्यक्रम हो, जसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक यात्रामार्फत आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ । ब्रोंज अवार्ड सहभागीहरूको निरन्तर मेहनत, अनुशासन र व्यक्तिगत विकासको यात्रामा हासिल भएको महत्वपूर्ण उपलब्धि मानिन्छ ।

यस उपलब्धिका लागि विद्यार्थीहरूलाई बधाई दिँदै बीइजी बोर्ड तथा बीएमसी कलेज व्यवस्थापनका तर्फबाट अरुण कुमार कडेंलले भने,‘तपाईंहरूको मेहनत, समर्पण र प्रतिबद्धताले हामी सबैलाई गौरवान्वित बनाएको छ । तपाईंहरूको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । आगामी दिनहरूमा पनि तपाईंहरूले अझ धेरै सफलता हासिल गर्नुहोस् भन्ने हाम्रो शुभकामना छ ।’

कलेजले विद्यार्थीहरूलाई यस उपलब्धिसम्म पुग्न आवश्यक मार्गदर्शन र निरन्तर साथ दिनुभएका राजन कुमार राईप्रति कलेजले विशेष आभार व्यक्त गरेको छ।

द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिँदै आएको छ ।

कलेजले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिमा मात्र सीमित नरही द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड जस्ता सहपाठ्यक्रम तथा चरित्र निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै आत्मविश्वासी, सक्षम तथा समाजप्रति उत्तरदायी भावी नेतृत्व निर्माणमा योगदान पु¥याइरहेको छ ।

द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्डबारेः द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने आत्मविकास कार्यक्रम हो।

यस्ता सहपाठ्यक्रम तथा नेतृत्व विकासका कार्यक्रममार्फत विद्यार्थीहरूलाई आत्मविश्वासी, सक्षम र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न कलेजले निरन्तर प्रोत्साहन गर्दै आएको छ ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको