रामकुमारी झाँकीसहित यी तीन मन्त्रीलाई पार्टी भित्र किन बनाइयो जिम्मेवारीविहीन ?

एकीकृत समाजवादीले सरकारमा सहभागी भएका नेताहरूलाई पार्टीमा दिएको जिम्मेवारीविहीन बनाएको छ। सहरी विकासमन्त्री एवंम नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री लगायत नेताहरूलाई पार्टीमा कुनै पनि जिम्मेवारी दिइएन ।

झाँक्रीसहित तीन मन्त्रीलाई पार्टीमा विभागीय जिम्मेवारीविहीन बनाइएको हो । गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि–२) जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्रीरामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सरकारमा काम गर्ने वातावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।

पार्टीले ३३५ नेताहरूको कार्यविभाजन गरेको छ । पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र स्थायी कमिटीको सातौं बैठकले नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हाो ।

जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसैगरी मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्ज, प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिइएको छ।

उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाएका छन् । प्रमेश हमाल पार्टी स्कूल विभाग प्रमुख, महासचिव डा बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता, उपमहसचिव प्रकाश ज्वाला सङ्गठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज तोकिएको आपनीमा उल्लखे छ ।

उपमहसचिव डा गङ्गालाल तुलाधर केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, उपमहसचिव डा विजय पौडेल मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, उपमहसचिव जगन्नाथ खतिवडा सचिव तथा प्रचार विभाग तथा संचार फाँट इन्चार्ज बनेका छन् ।

त्यस्तै सचिव नागेन्द्र चौधरी वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख, जीवनराम श्रेष्ठ वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख काठमाडौं जिल्ला इन्चार्ज, उर्वादत्त पन्त स्थायी कमिटी सदस्य भौतिक योजना विभाग प्रमुख रहेका छन् ।

गोविन्द कोइराला सहकारी तथा गरीबी निवारण विभाग प्रमुख, गौरा प्रसाई कोइराला समाज कल्याण विभाग प्रमुख, बलराम बास्कोटा कृषि तथा भूमिसुधार विभाग प्रमुख किसान फाँट इञ्चार्ज, भानुभक्त जैसी जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख रहेका छन् ।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको