अन्योलमा कांग्रेस महाधिवेशन : केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी

काठमाडौं – नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ ।

तर, १३औं महाधिवेशन सकिएको चार वर्ष पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् ।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औं महाधिवेशन एक वर्ष धकेल्ने गरी तयारी अघि बढाएका हुन् ।

उनले पार्टीमा रिक्त रहेका विभाग, कार्यसम्पादन समितिसहित नेतृत्वविहीन अवस्थामा रहेका भ्रातृसंगठनलाई पहिले पूर्णता दिने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका हुन् ।

देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आउने फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नरहेकाले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर २०७७ फागुनमा १४औं महाधिवेशन हुने बताए ।

‘आउने फागुनमा महाधिवेशन गर्ने अवस्था रहेन, अब नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु हुन्छ र नवीकरणको कामसमेत सकेर २०७७ फागुनमा महाधिवेशन गर्ने गरी तयारी अघि बढ्छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य विश्वकर्माले भनेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको